नेपाल निजामती कर्मचारी संगठन द्वारा प्रादेशिक अस्पताल कलैयाका बिरामीहरुलाई फलफूल वितरण

पछिल्लाे समाचार

१५ श्रावन,कलैया : नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाराले बिहीबार प्रादेशिक अस्पताल कलैयामा सहिद मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा अस्पतालका विभिन्न वार्डमा उपचाररत ७० जना बिरामीहरुलाई फलफूल र जुस वितरण गरियो।संगठनका अध्यक्ष सागर साहका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य “सम्पूर्ण निजामती कर्मचारी एकजुट होऔं” भन्ने नारासहित बिरामीहरुलाई मानसिक र शारीरिक राहत दिनु थियो।
स्मृति दिवसको अवसरमा सहिद मनोज, झपेन्द्र र सुरेन्द्रको प्रतिमामा फूलमाला र अबिर अर्पण गरिएको थियो।

सो अवसरमा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, राष्ट्रिय अनुसन्धान उप–निर्देशक सरोज निरौला, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता बिजयराज पण्डित लगायत प्रमुख अधिकारीहरुको उपस्थिति रहेको थियो।अर्थात, यस कार्यक्रममा प्रादेशिक अस्पताल कलैयामा रक्तको अभाव भएको बेला संगठनकी महिला उपाध्यक्ष भावना कर्णले आकस्मिक रक्तदान गरेका थिए।संगठनको यस अभियानले सामुदायिक सञ्जालमा सकारात्मक प्रभाव पारेको छ र कर्मचारीहरुका बीचमा आपसी एकता र सहयोगको भावना बढाएको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय