मदन भण्डारी आवास रोक्न वडाको पत्रः दलित परिवारको नयाँ घरको सपना संकटमा

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।१९ साउन कलैया : जीतपुरसिमरा उपमहानगरपालिकाका १५ नं. वडा कार्यालयले साविक डुमरवाना फत्तेपुर १ (ख) सट्टाभर्ना क्षेत्रको नदी किनारमा मदन भण्डारी आवास अन्तर्गत निर्माण भईरहेको भवन तत्काल रोक्न माग गरेको छ। वडा कार्यालयले आइतबार पूर्वाधार विकास कार्यालय, कलैया बारा, र अन्य सम्बन्धित निकायलाई पत्र पठाउँदै उक्त निर्माण कार्यको रोक्न अनुरोध गरेको हो। वडा कार्यालयले लेखेको पत्रमा उल्लेख गरिएको छ कि निर्माण कार्यलाई नदीजन्य विपद् क्षेत्रमा जोखिम रहेको भन्दै यस क्षेत्रमा मानवीय जीवनको हानि र सरकारी बजेटको दुरुपयोग हुने सम्भावना रहेको छ।

वडा कार्यालयले निर्माण कार्यको लागि पूर्व–स्वीकृति नलिइ र नदीजन्य प्रकोपको सम्भावना मूल्याङ्कन नगरी भवन निर्माण भइरहेको भन्दै कार्य रोक्न आग्रह गरेको छ। वडा अध्यक्ष राम प्रसाद लामिछानेले यस विषयमा जानकारी दिँदै भने, “नदी किनारमा निर्माण भइरहेको उक्त भवन भविष्यमा दैविक प्रकोप र जोखिमको सामना गर्न सक्छ। यस क्षेत्रमा भविष्यममा ठूलो क्षति हुनसक्छ, जसका लागि जिम्मेवारी तहाँ कार्यालयले लिनुपर्नेछ।“१५ नं. वडा कार्यालयले १६ नं. वडा कार्यालयको सिफारिस तथा अनुगमन प्रक्रियाको आवश्यकता पनि औंल्याएको छ। त्यस्तै, पत्रमा जिल्ला प्रशासन कार्यालय, कलैया बारा, र जिल्ला समन्वय समिति, बारा लगायत अन्य सरकारी निकायलाई उक्त निर्माण कार्य तत्काल रोक्न र अनुगमन गर्न आग्रह गरिएको छ।यता जीतपुरसिमरा उपमहानगरपालिकाको बदफारका दलित बस्तीका १३ जना दलित परिवारले मधेश प्रदेश सरकारद्वारा सञ्चालित मदन भण्डारी आवास निर्माण कार्यक्रम अन्तर्गत नयाँ घर पाउने आशा गरेका थिए।

तर, घर निर्माण कार्य रोकिने भए पछि उनीहरूको आशा र सपना अधुरो पारिदिएको छ। वर्षौँ देखि फुश्को छाप्रोमा बस्दै आएका बदफारका दलित परिवारहरू अहिले नयाँ घरमा बस्ने सोचमा थिए, तर निर्माण कार्य रोकिने भएपछि उनीहरूको सपना नास भएको छ। कृषि, शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण सेवाबाट बञ्चित रहेका यी परिवारहरूले घरको निर्माणलाई नयाँ जीवनको आशा मानेका थिए। अब, यस निर्माण कार्यको रोकावटले उनीहरूको जीवनस्तर सुधार्नका लागि गरिएको प्रयासमा ठूलो अवरोध पुर्याएको छ।यस विषयमा वडा नं १६ का स्थानीय प्रतिनिधिहरूले सरकारसँग निर्माण कार्य पुनः शुरु गर्नको लागि आग्रह गरेका छन्।

यसै सन्दर्भमा, दलित परिवारहरूका लागि सरकारको नीति र योजनामा सुधारको आवश्यकता रहेको बताएका छन्।यता जीतपुरसिमरा उपमहानगरपालिका वडा न १६ का वडाध्यक्ष हरिदेव खरेलले वडाफरमा निर्माण भईरहेको दलित बस्तीको जग्गा वर्षौ देखि १६ न वडा भित्रको क्षेत्रमा रहेको बताए ।दलितहरुको लागि निर्माण भईरहेको घर रोक्नमा ठूलो चलखेल भईरहेको समत वडाध्यक्ष खरेलले आरोप लगाए । जुन वडाको क्षेत्रमा भए पनि दलितहरुको लागि बनिरहेको घर रोक्नु दलित समुदायलाई हेल्ला गर्नु जस्तो भएको समेत स्थानीयहरुले बताएको छ ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय