जीतपुरसिमरा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । १६ श्रावन ,सिमरा : बाराको सिमरा रंगशालामा भदौ २१ गतेदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु हुने भएको छ। शनिवार सिमरा भेट्रान क्लब बाराले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी दिएको हो। प्रतियोगिता भदौ २१ देखि २८ गतेसम्म सञ्चालन हुने क्लबका सचिव हरि चौधरीले बताए। यस प्रतियोगितामा नेपाल र भारतका आठवटा विभिन्न टोलीहरू भाग लिने छन्। आयोजक सिमरा भेट्रान क्लब, मोरङ जिल्ला फुटबल संघ, नेपाल एपिएफ क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब सुनसरी, र खरसाङ गर्ल्स फुटबल एकेडेमी दार्जिलिङ, भारतका टोलीहरू प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइनेछ। प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरिएको छ।सिमरा रंगशालामा फ्लडलाइटमा सञ्चालन हुने प्रतियोगिताको टिकट मूल्य १ सय रुपैयाँ निर्धारण गरिएको छ। आयोजकले टिकटबाट प्राप्त आम्दानी सामाजिक क्षेत्रका सहयोगमा प्रयोग गर्ने योजना बनाएको छ।

वृद्धाश्रम, अपांगता भएका व्यक्तिहरू र महिला फुटबल क्लबहरूलाई सहयोग गरिने आयोजकले जानकारी दिएको छ।पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि लामाले जीतपुरसिमरा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले केवल महिला फुटबल खेललाई प्रोत्साहन मात्र गर्दैन, यसले जीतपुरसिमरा उपमहानगर र यसका जिल्ला तथा शहरलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो भूमिका खेल्ने बताए ।त्यसतै उनले यस प्रतियोगिताले पुरुष मैत्री मात्रै होइन, महिला मैत्री सम्बन्धलाई पनि प्रगाढ बनाउने अवसर प्रदान गर्ने समेत बताए ।यस प्रतियोगिताको अनुमानित लागत ५४ लाख ४० हजार रुपैयाँ रहेको छ। सिमरा भेट्रान क्लबका अध्यक्ष राजकपुर राउत बिजयीको अध्यक्षतामा सुरु भएको पत्रकार सम्मेलनको सहजीकरण पत्रकार प्रदीप गौतमले गरेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय