जीतपुरसिमरा उपमहानगरपालिकामा नगरप्रहरीहरूको एक महिनाको तालिम सुरु

पछिल्लाे समाचार

१९ श्रावन ,सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकामा हालै नियुक्त नगरप्रहरीहरूको लागि एक महिनाको आधारभूत तालिम आइतबारदेखि सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर बाराको आयोजनामा तालिम सुरु भएको हो।उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सशस्त्र प्रहरी गण परिसरमा एक कार्यक्रमकाबीच तालिमको उद्घाटन गरेका हुन्। तालिममा नगरप्रहरी सहायक निरीक्षक विज्ञानकुमार लामा, सहायक निरीक्षक सुरक्षा विश्वकर्मा, १२ जना नगरप्रहरी जवान पाँच जना अग्नि नियन्त्रक, एक जना नगर प्रहरी सवारी चालक गरी कुल २० जना सहभागी छन् ।

नगरप्रहरीहरूको कार्यदक्षता र अनुशासन अभिवृद्धि गर्नुका साथै नगर क्षेत्रमा शान्ति, सुरक्षा र सेवाप्रवाहलाई प्रभावकारी बनाउन तालिम दिन लागिएको हो ।आजदेखि नगर प्रहरी जवानका लागि सुरु गरिएको आधारभूत तालिमको शुभारम्भ गर्दै नगर प्रमुख राजन पौडेलले प्रशासन विभाग र उपमहानगर प्रहरी बलका अधिकारीलाई तालिमको मूल्याङ्कन र यसका सूचक प्रयोगका बारेमा आग्रह गरेका हुन् ।
उपमहानगरपालिकालाई आम नागरिकले हेर्ने दृष्टिकोण फिल्डमा भएका कर्मचारीको व्यक्तित्व, आचरण र व्यवहारबाट निर्माण हुन्छ, यसकारण महानगरको छवि, फिल्डमा खटिने नगर प्रहरीको काँधमा पनि छ,’ उनले भने, ‘नागरिकसँग गर्ने संवाद, सहरी व्यवस्थापन, सहरी सुन्दरता वृद्धि, वातावरणीय सुधारजस्ता जनसम्पर्कका काम गर्दा हरेक पाइलामा सचेत र जिम्मेवार भएर काम गर्नुपर्छ ।

’नगर प्रहरीलाई शारीरिक र सैद्धान्तिक गरी २ प्रकारका तालिम दिइन्छ । यस अघि शारीरिक तालिम प्रदान गरिसकिएको छ ।तालिममा प्रमुख प्रशिक्षकका रूपमा सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह धामीसहित सात जना प्रशिक्षकले प्रशिक्षण दिनेछन् ।कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शान्ति राज प्रसाईं, सशस्त्र प्रहरी गण नं. १२ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसी, उपमहानगरका प्रशासकीय अधिकृत बालाराम खड्का, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, मेयरका स्वकीय सचिव रामकृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय