जीतपुरसिमरामा नगर प्रहरीद्वारा नाला सरसफाइ, स्थानीयलाई सचेत बन्न आग्रह

पछिल्लाे समाचार

२० श्रावन ,सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रहरीहरूको सक्रियतामा सोमबार नगरभित्रको प्रमुख सडकखण्ड वरपर रहेको जाम भएको नालाको सरसफाइ गरिएको छ।उपमहानगरपालिकाको नगर प्रहरी टोलीले पथलैया–वीरगंज ६ लेन सडकखण्ड अन्तर्गत रहेको ढल निकास प्रणालीको अवरोध हटाउँदै नालामा जमेको फोहोर हटाएका हुन्। पछिल्ला दिनहरूमा सामान्य पानी पर्दासमेत नालामा फोहोर जम्दा वर्षाको पानी सडकमा बग्ने अवस्था देखिएको थियो। नगर प्रहरीद्वारा गरिएको सरसफाइपछि अब पानी सहज रूपमा नालामार्फत निकास हुने भएको छ। नालामा नियमित रूपमा कचरा फालिने, प्लास्टिकजन्य पदार्थ जम्मा हुने जस्ता समस्याले गर्दा वर्षात्‌मा सडक डुबान हुने गरेको थियो।

नगर प्रहरी प्रमुखका अनुसार, “नाला सफा राख्नु सबैको साझा जिम्मेवारी हो। नगरपालिका सक्रिय भए पनि नागरिक सहयोगबिना दिगो समाधान सम्भव हुँदैन।”सडक दायाँबायाँ रहेका अधिकांश ढल निकास प्रणाली फोहोरले अवरुद्ध भएका कारण जनजीवन प्रभावित भइरहेको थियो। नगरपालिकाको सरसफाइ कार्यप्रति स्थानीयवासीले प्रसंसा गर्दै नियमित अनुगमन र जनचेतनामूलक अभियानको आवश्यकता रहेको बताएका छन्।उपमहानगरपालिकाले यस्ता सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय