जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले मनायो ८ औं स्थापना दिवस

पछिल्लाे समाचार

२१ साउन । सिमरा : जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आज ८ औं स्थापना दिवस मनाएको छ। संघको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्य र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा स्थापना दिवस मनाइएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष मोहन शर्मा लामिछानेले वि.सं. २०७४ सालमा स्थापना भएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई आजको अवस्थामा पुर्याउनका लागि अग्रजहरुले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै संघ अग्रजहरूको मार्गनिर्देशन र सल्लाह बमोजिम अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

उनले क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा संघले निरन्तर कार्यक्रम आयोजना गरेको र आगामी दिनहरूमा पनि यस क्षेत्रका कार्यक्रमहरू अझ सशक्त ढंगले आयोजना गरिने बताए । अध्यक्ष शर्माले संघको सभाहल निर्माणमा योगदान गर्ने सम्पूर्ण सहयोगी हात र संस्थाहरुलाई धन्यवाद ज्ञापन गरे।शुभकामना व्यक्त गर्दै उद्योग वाणिज्य संघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले स्थापना दिवसको अवसरमा संघमा आवद्ध सबै सदस्यहरूको व्यवसायिक सफलता र समृद्धिको कामना गरे।उनले संघको स्थायीत्व र प्रभावको प्रशंसा गर्दै, यसले स्थानीय क्षेत्रको आर्थिक समृद्धिमा अझ योगदान पुर्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला परसाद अधिकारी, संघका महासचिव प्रकाश गिरि, संघका सल्लाहकार गणेश प्रसाद साह लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरे।यसै क्रममा, संघले नवनिर्मित सभाहलको उद्घाटन समेत गरेको छ र सभाहलको निर्माणमा सहयोग गर्ने हात र संस्थाहरुलाई सम्मानित गरेको महासचिव प्रकाश गिरिले जानकारी दिए।कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता, उपाध्यक्ष गजेन्द्र गुप्ता, कोषाध्यक्ष रामबाबु साह कलवार लगायत संघका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण महासचिव प्रकाश गिरिले गरेका थिए।

a

spot_imgspot_img
spot_img

लोकप्रिय