२१ साउन,कलैया : नेपाल अडिटर्स एसोसिएसन (अडान) बाराले मंगलबार, २० औं अडान दिवसको अवसरमा कलैया स्थित अमृता अनाथ आश्रममा खाद्यान्न सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमको अध्यक्षता अडान बाराका अध्यक्ष मनिन्द्र लाल कर्णले गर्नुभएको थियो भने, प्रमुख अतिथिको रूपमा अडानका वरिष्ठ संरक्षक र केन्द्रिय सदस्य उमेश मिश्राले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।खाद्यान्न सामाग्री वितरण कार्यक्रममा चामल, दाल, नुन, तेल लगायतका सामाग्री आश्रमका संचालक फुलमती बस्नेतलाई हस्तान्तरण गरिएको थियो।
अडानका अध्यक्ष मनिन्द्र लाल कर्णले आफ्नो सम्बोधनमा संगठनको प्रमुख उद्देश्य देशलाई भ्रष्टाचारमुक्त बनाउनु र समाजलाई सहि दिशा दिने भएको बताउनुभयो। उहाँले अमृता अनाथ आश्रमका संचालकलाई बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याउनका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो।अडानका मधेश प्रदेश सचिव रबिन्द्र गिरिले कार्यक्रममा भने, “हामीले यस्ता दिवस मनाइरहेका छौँ र यस अवसरमा अनाथ आश्रमहरूमा सहयोग गरेर यो पर्व मनाउने उद्देश्य राखेका छौँ। यस वर्षको कार्यक्रम अमृता अनाथ आश्रममा गरिएको छ।”रबिन्द्र गिरिले, आश्रममा रहेका बालबालिकाहरूका नागरिकता र बैंक खाता सञ्चालनसम्बन्धी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो।कार्यक्रममा अडान बाराका उपाध्यक्ष सुरेश साह, कोषाध्यक्ष बद्रि बहादुर थापा र अन्य प सदस्यहरूको पनि उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिश्राले केन्द्रिय अडान डे अन्तर्गत २० औं वर्ष देखि निरन्तर वितरण गर्दै अडिटर एसोसियशनले खाद्यान्न सामाग्री वितरण गर्दै आईरहेको बताए यस किसिमको संस्थामा कसैको पनि ध्यान जान नसकेको समेत बताए ।
अडानका मधेश प्रदेश सचिव रबिन्द्र गिरिले कार्यक्रममा भने, “हामीले यस्ता दिवस मनाइरहेका छौँ र यस अवसरमा अनाथ आश्रमहरूमा सहयोग गरेर यो पर्व मनाउने उद्देश्य राखेका छौँ। यस वर्षको कार्यक्रम अमृता अनाथ आश्रममा गरिएको छ।”रबिन्द्र गिरिले, आश्रममा रहेका बालबालिकाहरूका नागरिकता र बैंक खाता सञ्चालनसम्बन्धी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो।कार्यक्रममा अडान बाराका उपाध्यक्ष सुरेश साह, कोषाध्यक्ष बद्रि बहादुर थापा र अन्य प सदस्यहरूको पनि उपस्थिति रहेको थियो।