बाढीमा परेर बेपत्ता भएका प्रहरी जवान ठाकुरको कुशको शव बनाएर दाहसंस्कार

पछिल्लाे समाचार

२३ साउन,कलैया : रसुवा स्थित नेपाल-चीन सीमामा पर्ने भोटेकोसी नदीमा आएको बाढीले बेपत्ता बनाएका बाराका प्रहरी जवान मुन्ना ठाकुरको कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको छ। असार २४ गते आएको बाढीका कारण बाराको फेटा गाउँपालिकाको वडा नम्बर १, भलुहीका प्रहरी जवान मुन्ना ठाकुर समेत बेपत्ता भएका थिए। महिनौं दिनसम्म मुन्ना ठाकुरको शव नपाउँदा, उनका परिवारजनले शुक्रबार आफ्नै गाउँ भलुहिमा कुशको शव बनाएर ठाकुरको अन्तिम दाहसंस्कार गरेका छन्।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर २ स्थित रसुवागढीमा बाढी आएको समय उद्धार कार्यमा खटिएका ठाकुरसहित अन्य दुई जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका थिए। महिनौं दिनसम्म मुन्ना ठाकुरका सकुशल उद्धारको पर्खाइमा बसेका उनका परिवारजनले शव नपाएपछि, हालसालै कुशको शव बनाएर हिन्दू परम्परा अनुसार दाहसंस्कार गरेका छन्।२०७८ सालमा नेपाल प्रहरीमा भर्ना भएका ठाकुर रसुवागढीमा कार्यरत थिए। जेठ ११ गते घर आएर केही दिनपछि उनी पुनः कार्यस्थल फर्किएका थिए। परिवारजनले सरकारसँग आफ्नो छोराको सकुशल उद्धार नभए पनि शव ल्याइदिन आग्रह गरेका थिए।

तर, एक महिना बितिसक्दा पनि ठाकुरको बारेमा कुनै जानकारी प्राप्त नभएपछि उनका ठूला बुवा, फुलचन ठाकुर, आशु खसाल्दै भने, “अब आशा मरेको छ, शव भेटिनुपर्ने कुरामा अब कुनै आशा छैन।”ठाकुरको परिवारले उनलाई सहिद घोषणा गर्न र दाहसंस्कारमा सम्मानजनक सलामी दिनको लागि प्रहरीसँग आग्रह गरेको थियो। यद्यपि, प्रहरीले सम्मानजनक सलामी नदिएको भन्दै परिवारजनले दुख प्रकट गरेका छन्।

a

spot_imgspot_img
spot_img

लोकप्रिय