नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि हुने

पछिल्लाे समाचार

०५ भदौं, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको मिति सार्वजनिक गरेको छ ।क्यानका अनुसार यस वर्षको एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ। प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै हुने तय गरिएको छ।
यसका लागि मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम भइरहेकाले सो काम लिग सुरु हुनुअघि सम्पन्न हुने अपेक्षा गरिएको छ

।दोस्रो संस्करणमा पनि आठ टोली सहभागी हुनेछन्। टोलीहरूले हालसम्म ११–११ जना नेपाली खेलाडी अनुबन्ध गरिसकेका छन् भने अब विदेशी खेलाडी भित्र्याउने प्रक्रिया अगाडि बढाइनेछ।लिग सुरु हुनु अघि नेपालले ओमानमा आयोजना हुने आइसिसी टी–२० विश्वकप छनोट खेलेर विश्वकपमा स्थान बनाउने अवसर पाउनेछ। उक्त छनोटमा सहभागी नौ टोलीमध्ये शीर्ष तीन स्थानमा पुग्ने टोलीले विश्वकप खेल्नेछ

a

spot_imgspot_img
spot_img

लोकप्रिय