बारा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई कार्यालय प्रमुखहरु द्वारा भव्य बिदाई

पछिल्लाे समाचार

०५ भदौं ,कलैया : बाराबाट सरुवा भई सिरहाको प्रमुख जिल्ला अधिकारी बनेका बसन्त अधिकारीलाई बिहीबार बारामा भव्य बिदाई गरिएको छ ।बिहीबार जिल्ला प्रशासन कार्यालय बाराको सभाकक्षमा आयोजित कार्यक्रममा जिल्लास्थित सबै कार्यालयका कार्यालय प्रमुखहरूले अधिकारीलाई बिदाई गरेका हुन् ।अधिकारीले कार्यक्रममा सम्बोधन गर्दै सरकारी कार्यालय प्रमुख तथा कर्मचारीहरुलाई “आवाज बिहिनहरुको आवाज बनेर काम गर्न” निर्देशन दिँदै सेवाग्राहीलाई सहज हुने गरी काम गरेकोमा सबै कर्मचारीलाई धन्यवाद ज्ञापन गरे ।

१० महिना अगाडि बाराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका अधिकारीले आफ्नो कार्यकालमा जिल्लाको शान्ति–सुरक्षा, सुव्यवस्था, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह सरलीकरण, गुनासो व्यवस्थापन, लागू औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण एवम् व्यवस्थापन, राजस्व चुहावट नियन्त्रण, मुआब्जा वितरण एवम् व्यवस्थापन, विकास व्यवस्थापन एवम् सहजीकरणजस्ता कामलाई प्राथमिकता दिएको बताए । उनले बाराबासीले दिएको माया र सहयोग जीवनभर स्मरणीय रहने पनि उल्लेख गरे । बिदाई कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय बारा प्रमुख राजीव झाले प्रजिअ अधिकारीको नेतृत्वमा जिल्लामा सुशासन प्रवर्द्धन र सहकार्यको राम्रो वातावरण बनेको भन्दै प्रशंसा गरे ।

उनले भने, “प्रमुख जिल्ला अधिकारीज्यूले नेतृत्वमा देखाउनुभएको सक्रियता र समन्वय क्षमताले हामी सबै कार्यालय प्रमुखलाई प्रेरित बनायो । उहाँको कार्यशैली उदाहरणीय छ, यसले जिल्लामा शान्ति–सुरक्षा मात्र होइन, प्राकृतिक स्रोतको संरक्षण र समन्वयमा पनि सहयोग पुगेको छ ।” नेपाल सरकारका सहसचिव समेत रहेका अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई तोकिएको छ ।कार्यक्रममा बाराका विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत जिल्लास्थित सबै सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय