सरकारको निर्णयपछि मेटा सम्पर्कमा, सूचीकरण प्रक्रियाबारे चासो

पछिल्लाे समाचार

१९ भदौ । काठमाडौँ । नेपाल सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै फेसबुकको मातृसंस्था मेटा सरकारले सम्पर्क गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार मेटाका प्रतिनिधिले मन्त्रालयसँग सम्पर्क गर्दै सूचीकरणमा जान आवश्यक कागजात र कानुनी प्रक्रिया बारे जानकारी लिएका छन्। “उनीहरूले औपचारिक निवेदन भने दिएका छैनन्, तर आवश्यक विवरण पठाइदिन आग्रह गरेका छन्,” प्रवक्ता ठाकुरले जानकारी दिए।

मन्त्रालयले बिहीबार नै सूचीकरणका लागि आवश्यक कागजात र प्रक्रियासम्बन्धी विवरण मेटालाई ईमेलमार्फत पठाइसकेको छ। मेटाले औपचारिक निवेदन बुझाउने विश्वास लिइएको प्रवक्ताको भनाइ छ। फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल भए पनि नेपालमा सूचीकरणका लागि पटक–पटक आग्रह गर्दा मेटाले सकारात्मक प्रतिक्रिया नदिएको अधिकारीहरूले बताउँदै आएका थिए। तर सरकारले सूचीकरण नगरेका २६ वटा प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि मेटाले चासो देखाएको हो।

यसैबीच, अर्को डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले भने बिहीबार नै मन्त्रालयमा निवेदन दर्ता गरी सूचीकरण प्रक्रियामा जाने तयारी देखाएको छ। कागजात जाँचपछिमात्र सूचीकरण अघि बढाइने प्रवक्ता ठाकुरले जानकारी दिए।

a

spot_imgspot_img
spot_img

लोकप्रिय