सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन, मृत्यु हुनेको संख्या १४ पुग्यो

पछिल्लाे समाचार

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा आज राजधानी उपत्यकामा गरिएको प्रदर्शन हिंसात्मक बनेपछि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भएकोमा, बेलुकी सिभिल अस्पतालमा थप एक प्रदर्शनकारीको निधनसँगै मृतकको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विभिन्न अस्पतालमा पुगेका घाइतेमध्ये धेरैजना गम्भीर अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु पुष्टि भएको छ ।आज बिहानैदेखि सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताले काठमाडौंका मुख्य–मुख्य स्थानहरूमा प्रदर्शन गरेका थिए । केही ठाउँमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । घाइतेको यकिन तथ्यांक भने सार्वजनिक गरिएको छैन ।प्रदर्शनपछि उपत्यकाको वातावरण तनावपूर्ण बनेको छ भने सुरक्षाकर्मीहरूको ठूलो संख्यामा परिचालन गरिएको छ ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय