सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनावको घोषणा

पछिल्लाे समाचार

२८ भदौ , काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रपतिको कार्यालयद्वारा भदौ २७ गते शुक्रबार राति सार्वजनिक गरिएको विज्ञप्तिअनुसार सो विघटन आजै राति ११ बजेदेखि लागू हुने भएको छ ।यससँगै आगामी फागुन २१ गते विहीबार नयाँ प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको छ ।

तर, सरकारको निर्णयप्रति ठूला दलहरूले असन्तुष्टि जनाएका छन् । प्रमुख विपक्षी दलहरूले ‘देश संवैधानिक अनिश्चिततामा धकेलिएको’ भन्दै तत्काल संवादमार्फत सहमतिको बाटो खोज्न माग गरेका छन् । उनीहरूले संसद् विघटनलाई लोकतान्त्रिक अभ्यासविपरीतको कदम भन्दै विरोध गरेका छन् ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय