सिमरा–डुमरवाना अन्तर विद्यालय फुटबल सुरु, पहिलो दिन न्यु एकता र मिसन एकेडेमी बिजयी सुरुवात

पछिल्लाे समाचार

मंसिर ०३ सिमरा : बाराको सिमरामा आयोजना गरिएको सिमरा–डुमरवाना अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८२ मंगलबार देखि सुरु भएको छ। सिमरा डुमरवाना स्कुल हबको आयोजनामा सिमरा रंगशालामा भएको उद्घाटन समारोहमा मधेश प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरीले प्रतियोगिताको शुभारम्भ गर्नुभयो। उद्घाटन भाषणमा ठकुरीले विद्यालय तहमा हुने खेलकुदले विद्यार्थीको प्रतिभा पहिचानसँगै खेलकुद क्षेत्रमा भविष्य निर्माण गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो।

उद्घाटन कार्यक्रममा ऐन प्यावसनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, हब संयोजक बसन्त ढकाल, खेलकुद प्रमुख सुबाष अधिकारीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम शिक्षक रिसि काफ्लेले सञ्चालन गर्नुभएको थियो। प्रतियोगितामा सिमरा–डुमरवाना हब अन्तर्गतका १२ विद्यालय सहभागी छन्। खेल मंसिर ७ गतेसम्म चल्नेछ।

पहिलो दिनको खेलमा जुनियर र सिनियर दुबै समूहमा चार प्रतिस्पर्धात्मक खेल सम्पन्न भए। जुनियर समूहको पहिलो खेलमा न्यु एकता र सेन्ट जोन्सबीचको खेल बराबरीमा टुंगिएपछि टाइब्रेकरमार्फत न्यु एकता विजयी बन्यो। टाइब्रेकरमा ४–३ को जित निकाल्दै न्यु एकताकी अन्जन नेपाली म्यान अफ द म्याच घोषित भइन्।

दोस्रो खेलमा मिसन एकेडेमीले अक्षरा पाठशालामाथि २–० को सहज जित दर्ता गर्यो। उत्कृष्ट प्रदर्शनका आधारमा मुन्नाराज चौरसिया म्यान अफ द म्याच घोषित भए। तेस्रो खेलमा सिनियर समूहतर्फ मिसन एकेडेमीले लोटस एकेडेमीलाई ५–४ ले पराजित गर्दै रोमाञ्चक जित निकाल्यो।सिनियरतर्फकै चौथो खेलमा अक्षरा पाठशालाले पाथिभरालाई २–० ले हराउँदै विजयी शुरुआत गर्यो। यस खेलमा साजित अन्सारी म्यान अफ द म्याच बने।

प्रतियोगिता अन्र्तगत आज पनि चार खेल हुने छन्। बिहान ११ बजेबाट सुरु हुने खेलमा जुनियर समूहतर्फ एक्स सर्भिसमेन र लोटस एकेडेमी तथा सिमरा पब्लिक र पाथिभराबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दिउँसो १२:३० बजेबाट सिनियर समूहको खेलमा एक्स सर्भिसमेन र होली गार्डेन आमनेसामने हुने छन्। दिउँसो २ बजे हुने अन्तिम खेलमा न्यु एकता र सिमरा पब्लिक प्रतिस्पर्धा गर्नेछन्।हब संयोजक बसन्त ढकालका अनुसार खेलहरू तय समयअनुसार नै सञ्चालन हुने र प्रतियोगिता मंसिर ७ गतेसम्म निरन्तर रूपमा अघि बढ्नेछ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय