थानीमाई सामुदायिक वन उपभोक्ता समूह सिमराको नव निर्वाचित कार्यसमितिले लिए सपथ

पछिल्लाे समाचार

पुष ३० सिमरा :  थानीमाई सामुदायिक वन उपभोक्ता समूह सिमराको नव निर्वाचित कार्य समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पौष १२ गते सम्पन्न २०औँ साधारणसभा तथा अधिवेशनबाट गोविन्द बहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति र लेखा समिति सर्वसहमत रूपमा चयन गरिएको थियो। सर्वसहमत रूपमा चयन भएका पदाधिकारीहरूले मंगलबार वन समुहकै पार्कमा एक कार्यक्रमबीच सपथ ग्रहण गरेका छन्।

कार्यक्रममा निर्वाचन समितिका संयोजक अमृतलाल श्रेष्ठले नव निर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गर्नुभएको थियो। उक्त अवसरमा निर्वाचन समितिका सदस्यहरू विमल कुमार ठाकुर, सत्य बहादुर श्रेष्ठ र चित्रकुमारी बी.के. को समेत उपस्थिति रहेको थियो। सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष गोविन्द बहादुर अधिकारीले सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन र उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सबै उपभोक्ताको सहभागिता र सहकार्यबाट वन संरक्षणलाई अझ प्रभावकारी बनाउँदै समूहलाई पारदर्शी र उत्तरदायी रूपमा अघि बढाउनेछौँ।”

कार्यक्रममा निर्वाचन समितिका संयोजक श्रेष्ठले लोकतान्त्रिक प्रक्रिया र सर्वसहमत नेतृत्व चयनले संस्थालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमकै अवसरमा निबर्तमान पदाधिकारीहरूलाई बिदाई तथा फेरि भेटौला कार्यक्रमसमेत आयोजना गरिएको थियो। सहभागीहरूले निबर्तमान नेतृत्वले समूहको संस्थागत विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा उपभोक्ता सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय