किसानको समस्या बुझ्न किसानकै घरमै पुग्दै उम्मेदवार साह

पछिल्लाे समाचार

बारा, २९ माघ । बाराको क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले आज कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरमा घरदैलो कार्यक्रम गर्दै कृषिसँग जोडिएका मुद्दा सम्बाेधन गर्ने बताएका छन्।रामपुरका किसान तथा स्थानीयवासीसँग भेटघाट गर्दै उनले कृषि क्षेत्रलाई व्यवस्थित नगरी समग्र विकास सम्भव नभएको बताए। उनले समयमै मल र गुणस्तरीय बिउ उपलब्ध गराउने व्यवस्था राज्यको पहिलो दायित्व भएको उल्लेख गरे।


“किसानले लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ,” उनले भने, “मल, बिउ र सिचाइको सुनिश्चितता बिना उत्पादन बढ्दैन।”
साहले सिचाइ प्रणाली विस्तार र मर्मतलाई प्राथमिकतामा राख्ने बताए। वर्षातमा भर पर्ने खेती प्रणालीबाट किसानलाई मुक्त गर्न दीर्घकालीन सिचाइ योजना आवश्यक रहेको उनको भनाइ छ। त्यस्तै उत्पादनपछि उचित मूल्य नपाउने समस्या समाधानका लागि बजारीकरणमा सरकारी समन्वय र सहजीकरण आवश्यक रहेको उनले बताए।

उनले डिजिटल सूचना र प्रविधिको प्रयोगलाई पनि जोड दिए।घरदैलोका क्रममा उनले घण्टी छापमा मतदान गर्न आग्रह गर्दै किसानका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय