लगातार घटिरहेको सुनको मूल्य आज १४ हजार छ सयले बढ्यो

पछिल्लाे समाचार

काठमाडौँ– केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य आज बढेको छ। आज नेपाली बजारमा सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९२० कायम भएको छ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०५ कायम भएको थियो। गत सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो भने आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ५४० मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६०० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय