सामाजिक सुरक्षा योजनामा जान चाहेनन् कर्मचारी

पछिल्लाे समाचार

सामाजिक सुरक्षा योजनाको असहमति जनाउँदै बैँकासुरेन्स क्लब सिन्धुलीले आज शान्तिपूर्ण र्यालीको आयोजना गरेको छ । बैँकासुरेन्स कर्मचारीको उपस्थितिमा सिन्धुलीमाढिमा र्यालीको आयोजना गरि सिन्धुली बजार परिक्रमा गरि लोक तान्त्रिक चौरमा कोणसभा गरि समापन गरिएको हो ।सामाजिक सुरक्षा योजनामा जाँदा खाईपाई आएको सेवासुविधा घट्ने र तिन दशक लामो संर्घषबाट प्राप्त उपलब्धी गुम्ने भएकाले असहमति जनाउँदै र्यालीको आयोजना गरिएको बैँकासुरेन्स क्लब सिन्धुलीका अध्यक्ष विष्णु ढकालले जानकारी दिनुभयो ।
नेपाल वित्तिय संस्था कर्मचारी संघ तथा पेशागत संघ संघठनहरुले विगत २ वर्ष देखि उठाएका विषयहरु योगदानमा आधारीत सामाजिक सुरक्षा ऐन, विनियम र कार्यविधिमा रहेका अमिल्दा अवस्थाहरु संसोधन नगरी बलजप्ती गरिएकाले कर्मचारीहरुले विरोध गर्दै आएका छन् । योगदानमा आधार।ीत सामाजिक सुरक्षा योजना स्वेच्छिक नभई बाध्यकारी भएको कर्मचारीहरुले आरोप लगाएका छन् ।
न्यूनतम ज्याला पारिश्रमीकबाट बन्चीत बहुसंख्यक श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागि गराई सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेकोले असहमति जनाएको बैँकासुरेन्स क्लब सिन्धुलीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय