भ्रष्टाचार नियन्त्रणका लागि अन्तरक्रिया, कानुनभन्दा बाहिर काम नगर्न अख्तियारको चेतावनी

पछिल्लाे समाचार

०९ बैशाख,सिमरा : बाराको सिमरामा भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयको आयोजनामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको सभाकक्षमा बुधबार सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल ले यस्तो कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीबीच एकरुपता ल्याउने विश्वास व्यक्त गरे। उनले शिक्षा ऐन नआएको कारण शिक्षा नियमावली कार्यान्वयनमा समस्या भएको बताए। साथै, उपमहानगरभित्रका धेरै विद्यालय निमित्त प्रधानाध्यापकको भरमा सञ्चालन भइरहेको स्वीकार गर्दै शिक्षक दरबन्दी अभावकै कारण यस्तो अवस्था आएको स्पष्ट पारे। नगरप्रमुख पौडेलले आफू निर्वाचित भएदेखि कुनै पनि योजना टुक्र्याउने काम नगरेको दाबी गरे। योजना कार्यान्वयनका क्रममा वडाध्यक्षहरूसँग पटक–पटक मतभेद (टसल) हुने गरेको पनि उनले उल्लेख गरे। स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले अख्तियारमा उजुरी बढी पर्ने गरेको उनको भनाइ थियो।


उनले सार्वजनिक पद धारण गरेका व्यक्तिहरू राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व वहन गर्दै सधैं सुशासन, पारदर्शिता र कानुनी परिधिभित्र रहेर काम गर्नुपर्नेमा जोड दिए। यस्ता अन्तरक्रिया कार्यक्रमले स्थानीय सरकारमा सुशासन प्रवर्द्धन गर्न सहयोग पुग्ने उनले बताए। कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख रामकृष्ण पुडासैनी ले उजुरी दर्ता भएपछि प्रक्रिया कसरी अघि बढ्छ र कारबाही कसरी गरिन्छ भन्नेबारे स्पष्ट पारे। उनले कानुनभन्दा बाहिर कसैले पनि काम गर्न नहुने उद्देश्यका साथ आयोगले काम गर्दै आएको बताए। अन्तरक्रियामा भ्रष्टाचारको अवधारणा, कारण, कसूर ठहर हुँदा हुने सजाय, आयोगको कार्यशैली, विश्व तथा नेपालको अवस्था, भ्रष्टाचारका प्रवृत्ति र यससम्बन्धी भ्रम र वास्तविकताबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत डम्बरु प्रसाद निरौला, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको

ad

spot_imgspot_img
spot_img

लोकप्रिय