सशस्त्र प्रहरी नेपाल १२ नम्बर गण हेक्वा बाराले मनाए आफ्नो १९ औँ स्थापना दिवस सम्पन्न

पछिल्लाे समाचार

१० बैशाख ।सिमरा : सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टरले बिहीबार आफ्नो १९ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासका बाहिनीपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कृष्ण ढकालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका विशेष रूपमा चर्चा गरिएको थियो। कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र झाले नेपाल–भारत खुला सीमाबाट हुने चोरी, तस्करी नियन्त्रण, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले प्रभावकारी काम गर्दै आएको उल्लेख गरे।

उनले सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न सशस्त्र प्रहरीको योगदान महत्वपूर्ण रहेको बताए।।स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको थियो। साथै, प्रतिनिधि सभाको निर्वाचनमा उत्कृष्ट कार्य सम्पादन गरेका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सम्मानित गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि डिआइजी कृष्ण ढकालले सीमित स्रोत–साधनका बाबजुद पनि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको बताए। उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समन्वय गर्दै काम भइरहेको जानकारी दिँदै खुला सीमाको चुनौतीका बीच राजस्व संकलनमा समेत १२ नम्बर गणले उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरे।

उनले भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सशस्त्र प्रहरीको सक्रिय भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। साथै, केन्द्रबाट प्राप्त बजेट अपुग भए पनि प्रदेश सरकार र स्थानीय तहको सहयोगमा भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति भएको बताए। त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालले सीमा क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण, सुरक्षा व्यवस्था मजबुत बनाउने, सीमा नाकामा निगरानी बढाउने तथा विपद् व्यवस्थापनमा सक्रिय रूपमा काम गर्दै आएको जानकारी दिए। उनले सीमावर्ती बासिन्दाको हितका लागि विभिन्न सामाजिक कार्यक्रमहरू पनि सञ्चालन भइरहेको बताए। स्थापना दिवस समारोहमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साह, जिल्ला समन्वय समितिका सभापति, सहायक प्रमुख जिल्ला अधिकारी छबीरमन भट्टराई लगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय