जङ्गलमा मृत भेटिएकी युवतीको हत्या भएको भन्दै राजमार्ग बन्द

पछिल्लाे समाचार

चितवन – चितवनमा युवतीको हत्या भएको भन्दै आफन्त र स्थानीयबासिन्दाले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । नौ दिनदेखि हराइरहेकी राप्ती नगरपालिका–३ प्रगति चोककी २२ वर्षीया सुजिता भण्डारीको शव आइतवार ९हिजो० साँझ भण्डाराको धमिले जङ्गलमा भेटिएको थियो ।

शव नजिकै धानमा हाल्ने विषादी भेटिएकाले प्रहरीले आत्महत्याको शङ्का गरेको छ तर आफन्त र स्थानीयबासिन्दाले भने हत्या भएको हुन सक्ने भन्दै छानबिनको माग गर्दै राजमार्ग बन्द गरेका हुन् ।

घाँस काट्न गएकाहरूले युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेर चिन्न नसकिने अवस्थामा रहे पनि उनका कपडा र झोलाको आधारमा परिवारले पहिचान गरेका हुन् ।

गएको असार ११ गतेदेखि हराइरहेकी युवतीले आफू अपहरणमा परेको भन्दै घरमा फोन गरेकी थिइन् तर परिवारसँग कसैले पनि फिरौती या कुनै माग नराखेकाले घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय