सिन्धुलीमा आज थप २२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

पछिल्लाे समाचार

सिन्धुली – सिन्धुलीमा आज ३ बजे सम्ममा थप २२ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको अनुसार १ सय ३ जनामा गरिएको स्वाव परिक्षणमा १५ जना महिला र ७ जना पुरुष गरि २२ जनामा संक्रमण्म पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना भाईरस संक्रमण हुनेको संख्या २ हजार २ सय ५९ जना पुगेको छ ।
यस्तै हालसम्म ३ हजार ४ सय ९८ पिसिआर विधिबाट गरिएको परिक्षणमा १ हजार ७ सय ५५ जना र १ हजार ८ सय ६४ एन्टिजन विधिबाट गरिएको परिक्षणमा ५ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । हाल होम आईसोलेसनमा ४ सय ५ जना र संस्थागत आईसोलेसनमा १९ जना गरि ४ सय २४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै हालसम्म जिल्लामा १ हजार ८ सय एक जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय