मरिण गाउँपालिकामा एक दिने वित्तिय सारक्षता कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकामा गरिव निवारणको लागि वित्तिय सेवामा पुहुचँका लागि एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । “स्थानिय सोत साधनको सदुपयोग गरौ सिप सिकेर आत्मनिर्भर बनौ ” भन्ने मुल नारा सहित कार्यक्रमको आयोजना गरिएको थियो । मरिण गाउँपालिकाको आयोजनामा कार्यक्रम भएको हो । व्यवसायीहरुलाई वित्तिय सेवामा पहुचँ पुराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको मरिण गाउँपालिकाले जनाएको छ । कार्यक्रमको सहजिकरण राष्ट्रिय बाणिज्य वँैक कपिलाकोट शाखाका प्रवन्धन मनोज श्रेष्ठ र कर्जा इन्चार्ज विकास मान वाइवाले गर्नु भएको थियो । मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा मरिण गाउँपालिका वडा नम्बर ३, ४ र ६ का एक सय जना उद्यमीहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय