निरन्तर वर्षाले बाराका किसानलाई राहत, ८५ प्रतिशत धान रोपाइँ सम्पन्न

पछिल्लाे समाचार

साउन ०५ सिमरा। लामो खडेरीपछि परेको निरन्तर वर्षाले बाराका किसानलाई ठूलो राहत दिएको छ। पर्याप्त वर्षासँगै जिल्लाभर धान रोपाइँले तीव्र गति लिँदा हालसम्म कुल खेतीयोग्य क्षेत्रको ८५ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार लामो समयसम्म वर्षा नहुँदा किसानले साना ट्युबवेल र भूमिगत सिँचाइको भरमा रोपेको धानसमेत घामले सुक्न थालेको थियो। तर असार २६ गतेदेखि निरन्तर परेको वर्षाले रोपिएका धान जोगाउनुका साथै बाँकी खेतमा रोपाइँ गर्ने अनुकूल वातावरण सिर्जना गरेको छ। यस वर्ष बारामा ४५ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान (भदैया–अगनी) खेती गर्ने लक्ष्य राखिएको छ।

हालसम्म ८५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको र बाँकी १५ प्रतिशत क्षेत्रफलमा पनि यसै साताभित्र रोपाइँ सकिने अपेक्षा गरिएको प्रमुख साहले बताउनुभयो। उहाँका अनुसार समयमा पर्याप्त पानी नपर्दा किसानले निजी सिँचाइका साधन प्रयोग गर्नुपरेकाले रोपाइँ केही ढिलो भएको थियो। तर पछिल्ला दिनमा लगातार वर्षा भइरहेकाले अहिले जिल्लाभर किसान खेतमै व्यस्त छन्। आगामी केही दिनमै थप करिब ७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न हुने कृषि ज्ञान केन्द्रको अनुमान छ। गत वर्ष यही अवधिमा बारामा ७७ प्रतिशत मात्रै धान रोपाइँ भएको थियो। यस वर्ष भने अनुकूल वर्षाका कारण रोपाइँको गति बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय