सर्लाहीको हरिपुरमा ३०५२ मतको भारी अन्तरले नेपाली कांग्रेसका उम्मेदवार गोपाल पजियार विजयी ।।

पछिल्लाे समाचार

Adv

adv

adv

adv

Adv

राधेश्याम कुशवाहा,२ जेठ ।। सर्लाहीको हरिपुर नगरपालिकामा पनि नेपाली कांग्रेसको जित निकाल्न सफल भएको छ। नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गोपाल पजियारले आफनो निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनिल कुमार बुढाथोकीलाई ३०५२ मतको भारी अन्तरले पछि पार्दै विजयी भएका हुन ।

नेपाली कांग्रेस बाट नगर प्रमुखका उम्मेदवार पजियारले ६९३८ मत प्राप्त गरेका छन, भने उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार सुनिल कुमार बुढाथोकी ले ३८८६ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निलम रायले ५५५२ मत प्राप्त गरेर विजयी भइन। उनको निकटतम् प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उम्मेदवार शिला कार्कीले ४०७६ मत गरिन। हरिपुर नगरपालिमा जम्मा ९ वटा वडा रहेकामा वडा नम्बर १ र ३ मा माओवादी केन्द्र, २ र ४ मा एमाले ५,६ र ७ मा काँग्रेस, ८ र ९ मा एकीकृत समाजवादीका वडाअध्यक्ष उम्मेदवार विजयी भएका हुन ।

त्यो सँगै सर्लाहीको २० पालिका हरु मध्ये ३ पालिकाको मतपरिणाम अनुसारले नेपाली कांग्रेसले दुई पालिकामा जित निकाल्न सफल भएको हो ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय