१३ जेठ,सिमरा :पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको जनहित उपभोक्ता समितिको कार्यालय परिसर भित्र ट्रस्ट भवनको शिलान्याश गरिएको छ ।शनिवार एक कार्यक्रमको बीच जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले शिलान्याश गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को ५ लाख र उपमहानगरपालिकाको कार्यालयको ३ लाख को लागतमा जनहित उपभोक्ता समितिको कार्यालय परिसर भित्र ट्रस्ट भवन निर्माण हुन् लागेको जनहित उपभोक्ता समितिको अध्यक्ष अमृतलाल श्रेष्ठले बताए ।
शिलान्याश पछि बोल्दै अध्यक्ष कार्कीले आफ्नो वडा क्षेत्र भित्र जनहित उपभोक्ता समितिको कार्यालय न पर्ने भए पनि आफुले उक्त कार्यालयमा तालिम गोस्ती सेमिनार गराना सजिलो हुने उदेश्यले वडा बाट ५ लाख रकम सहयोग गरेको बताएको छ ।निर्माण हुन् लागेको ट्रस्ट भवनमा १५० जना सम्म एकै पटक कुनै कार्यक्रममा सहभागी हुने जनहित उपभोक्ता समितिको अध्यक्ष अमृतलाल श्रेष्ठले बताए ।
उक्त शिलान्याश कार्यक्रममा भिमेश्वर मध्यवर्ती सामुदायिक वन समूहको अध्यक्ष पेशल मुल्मी लगाएत वडा न ३ को इन्जिनियर र जनहित उपभोक्ता समितिको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

