एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ

पछिल्लाे समाचार

Adv

adv

adv

adv

Adv

०४,श्रावन,काठमाडौँ– राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जनालाई पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जनालाई पक्राउ गरिएको ढुङ्गानाले जानकारी दिए ।

उनले सुन हङकङबाट ल्याइएको खुलेको बताए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । उनले भने, ‘तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ ।’हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद गरिएको थियो ।बरामद गरिएको सुन ८० देखि १०० किलोको बीचमा रहेको अनुमान गरिए पनि यसको यकिन परिमाणबारे विभागले आज जानकारी गराउने तयारी गरेको छ ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय