काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई नयाँ दलको मान्यता दिएको छ ।आयोगले ७ जना प्रतिनिधि सभाका सांसद र ३० जना केन्द्रीय सदस्यहरूले दिएको निवेदनका आधारमा जसपालाई ११० नम्बरमा सोमबार दर्ता गरेको हो ।
राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरू र जसपा नेपालबाट छुट्टिएका ३० जना केन्द्रीय सदस्यहरूले नयाँ दर्ताका लागि आइतबार निवेदन दिएका थिए ।अशोक राईसहित प्रतिनिधिसभाका ७ जना सांसदहरूले पार्टी विभाजन गरी नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
नयाँ पार्टीको पक्षमा जसपा नेपालका १२ मध्ये राईलाई सांसदहरु प्रदीप यादव, रञ्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खान र नवलकिशोर साह सुडीले साथ दिएका छन् ।राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको आयोगले जानकारी दिएको छ ।
राईसहितको निवेदनअनुसार नयाँ दलको नाम जनता समाजादी पार्टी (जसपा) लाई मान्यता दिइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताएका छन् ।अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला जसपा नेपाल विभाजन गरेर नयाँ दल बनाइएको हो ।