संस्कृति बोध गराउन स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८१ सम्पन्न

पछिल्लाे समाचार

Adv

adv

adv

adv

Adv

 
अखिलेश कुमार यादव ।  ०१ जेठ । हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०८१ सम्पन्न भएको छ ।  नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुर स्थित रहेको सम्राट पार्टी प्यालेसमा कार्यक्रम आयोजना भएको थियो । 

बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको परीक्षामा जीतपुरसिमरा उपमहानगरका विद्यालयहरूबाट करिब ४ सय  ५० विद्यार्थी सहभागी रहेका थिए ।  परीक्षामा एभर ग्रीन एकेडेमी  बिद्यालयका विद्यार्थी युवराज कुमार प्रथम हुनुभएको छ । त्यस्तै जीतपुर पब्लिक एकेडेमी विद्यालयका  दिपाशु तिवारी  दास्रो र अलिसा चौधरी तेस्रो हुनुभयो ।  परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ११ हजार, ७ हजार र पाँच हजार रुपैयाँ हात पारेका छन् । परिक्षामा सहभागि विद्यार्थीलाई केही दिनअघि एक एक वटा पुस्तक दिएर पढ्न लगाईएको हो । 

सोही पुस्तकको आधारमा प्रश्न सोधिएको र बढि प्रस्नको उत्तर मिलाउने विद्यार्थीलाई विजेता घोषणा गरिएको आयोजकले  बताउनुभयो । कार्यक्रममा एभर ग्रीन तराई अस्पतालका संचालक डा.रबिन्द्र सिंह प्रमुख अतिथी रहेका थिए भने बिशिस्ट अतिथिमा फुर्तीलाल प्रसाद कलवार रहनु भएको थियो ।बिश्व हिन्दु संघ नेपालले  २०७१ बाट निरन्तर रूपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गर्दैआएको छ ।

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०८१ मा प्रमुख वक्ता मुनिलाल कर्णले स्वामी बिबेकानन्दको जिवनी बारे प्रकाश पारेको कार्यक्रमका संयोजक सन्दीप साहले बताउनुभयो ।स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०८१ मा जीतपुरसिमरा उपमहानगर र पर्सा जिल्लाको बिरगंज महानगरपालिका ३२ नम्बर वडाको विद्यार्थीहरुको सहभागीता रहेको थियो।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय