प्रहरीको सक्रियतामा फरार प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयनमा कडाइ

पछिल्लाे समाचार

Adv

adv

adv

adv

Adv

पुष २९ कलैया ः जिल्ला प्रहरी कार्यालय बाराले लामो समयदेखि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ। अदालतबाट फैसला भइसकेका तथा विभिन्न मुद्दामा संलग्न भई वारदातपछि फरार रहेका व्यक्तिहरूको खोजतलास तीव्र बनाउने क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार बैकिङ कसुर मुद्दामा एक करोड रुपैयाँ विगो तोकिएका सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–२ का ४० वर्षीय श्री तामाङलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

उनी लामो समयदेखि लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ परेका थिए। यसैगरी लागूऔषध सम्बन्धी मुद्दामा जीतपुरसिमरा उपमहानगरपालिका–१६ का २७ वर्षीय उमेश भोलन पनि पक्राउ परेका छन्। मुद्दा दर्ता भएदेखि नै फरार रहेका उनलाई प्रहरीले विशेष सूचनाको आधारमा खोजी गरी नियन्त्रणमा लिएको जनाएको छ। त्यसैगरी लेनदेन (विगो) सम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेकी बारागढी गाउँपालिका–६ की ६५ वर्षीया हलिया थरुनीलाई इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बारा मातहतका विभिन्न प्रहरी इकाइबाट खटिएको संयुक्त टोलीले अदालतबाट दण्ड सजाय तोकिएपछि फरार रहेका प्रतिवादीहरूलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीको सक्रियता र निरन्तर निगरानीका कारण फरार अभियुक्तहरू क्रमशः पक्राउ पर्दै गएको बताइएको छ। पक्राउ परेका सबै प्रतिवादीमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको तथा अदालतको आदेश कार्यान्वयनलाई अझ प्रभावकारी बनाइने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय