निजि लगानीमा नितनपुरमा हनुमान मन्दिरको शिलान्यास

पछिल्लाे समाचार

Adv

adv

adv

adv

Adv


माघ ०६ सिमरा : बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० नितनपुरस्थित शिव मन्दिर परिसरमा नयाँ हनुमान मन्दिर निर्माणको औपचारिक शिलान्यास गरिएको छ। वडाध्यक्ष संजय पटेलका पिता सीताराम राउत कुर्मीले आफ्नै व्यक्तिगत लगानीमा मन्दिर निर्माण गर्ने संकल्पसहित मंगलबार शिलान्यास गर्नुभएको हो।


धार्मिक आस्था, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणलाई केन्द्रमा राख्दै शिव मन्दिरको प्राङ्गणभित्र हनुमान मन्दिर निर्माण गर्न लागिएको आयोजकले बताएका छन्। स्थानीय धर्मावलम्बीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न शिलान्यास कार्यक्रम वैदिक विधिअनुसार पूजा–अर्चना गरी सुरु गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सीताराम राउत कुर्मीले धार्मिक स्थलहरूको विकासले समाजमा आपसी सद्भाव, विश्वास र सामाजिक एकता मजबुत हुने उल्लेख गर्नुभयो। नितनपुर क्षेत्रका बासिन्दाहरूको धार्मिक भावना र आवश्यकतालाई ध्यानमा राख्दै मन्दिर निर्माण गर्ने निर्णय लिइएको उहाँको भनाइ थियो।


स्थानीयवासीहरूले निजी पहलमा धार्मिक संरचना निर्माण हुन लागेकोमा खुशी व्यक्त गर्दै यसले क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानलाई थप बल पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, मन्दिर निर्माणले धार्मिक गतिविधि विस्तार हुनुका साथै भावी पुस्तामा संस्कार र परम्पराको निरन्तरता कायम रहने अपेक्षा गरिएको छ। निर्माण समितिका अनुसार हनुमान मन्दिरको निर्माण कार्य छिट्टै सुरु गरिनेछ र निर्धारित समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय