एमालेको जीतपुरसिमरा १४ वडा कमिटीको बैठक सम्पन्न, साउन ९ गते वडा अधिवेशन गर्ने निर्णय

पछिल्लाे समाचार

असार २० सिमरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जीतपुरसिमरा उपमहानगरपालिका–१४ वडा कमिटीको बैठक शनिवार सम्पन्न भएको छ। वडा कमिटी अध्यक्ष यमनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण तथा आगामी वडा अधिवेशनलाई केन्द्रमा राख्दै विभिन्न निर्णय गरेको हो। बैठकले असार २५ गतेभित्र पार्टी सदस्यता नवीकरण सम्पन्न गर्ने तथा साउन ९ गते दोस्रो वडा अधिवेशन आयोजना गर्ने निर्णय गरेको वडा कमिटीले जनाएको छ। साथै, सदस्यता विस्तार, संगठनलाई थप सक्रिय बनाउने, पार्टीका कार्यक्रमलाई वडा तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा अधिवेशनको तयारीलाई तीव्र बनाउने विषयमा समेत छलफल भएको थियो।

बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेलले पार्टी संगठनलाई अझ बलियो बनाउन सदस्यता नवीकरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले वडा अधिवेशनलाई लोकतान्त्रिक, व्यवस्थित र सफल बनाउन सम्पूर्ण नेता–कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। संगठनको एकता, अनुशासन र जनतामाझ पार्टीको उपस्थितिलाई थप मजबुत बनाउन सबै तहका कार्यकर्ता एकजुट हुनुपर्ने उनको भनाइ थियो। बैठकमा एमाले मधेश प्रदेश कमिटी सदस्य चयन गुरुङ, जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक विक्रम साहलगायत वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय