जीतपुर बाट लागुऔषध सहित २ जना युवक पक्राउ

पछिल्लाे समाचार

असार २० सिमरा : लागूऔषध नियन्त्रण अभियानअन्तर्गत बारा प्रहरीले जीतपुरबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित लल्का पुल नजिक इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा दुई युवकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय साजन पासवान र २५ वर्षीय विकास चौधरी रहेका छन्। प्रहरीका अनुसार शंकास्पद अवस्थामा फेला परेका उनीहरूको खानतलासी गर्दा विकास चौधरीको साथबाट १९० मिलिग्राम खैरो हिरोइन र २५ दशमलव ५३ ग्राम गाँजा बरामद भएको हो।


बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।
हाल पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय