फेटा गाउँपालिकामा वृक्षारोपण अभियान सुरु, हरित गाउँ निर्माणमा जोड

पछिल्लाे समाचार

असार २१ सिमरा । बाराको फेटा गाउँपालिकाले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले वृक्षारोपण अभियान सुरु गरेको छ। गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले आइतबार बिरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभएको हो। अभियानअन्तर्गत गाउँपालिकाका विभिन्न स्थानमा छायाँ दिने तथा वातावरणमैत्री बिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार बढ्दो तापक्रम न्यूनीकरण गर्नुका साथै सडकमा आवतजावत गर्ने यात्रुलाई गर्मीका बेला रुखको छहारीमार्फत शीतलता प्रदान गर्ने उद्देश्यले वृक्षारोपण अभियान सञ्चालन गरिएको हो।

अभियानको शुभारम्भ गर्दै अध्यक्ष रुस्तम अन्सारीले जलवायु परिवर्तनका कारण तराई क्षेत्रमा प्रत्येक वर्ष गर्मी बढ्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि वृक्षारोपण प्रभावकारी उपाय भएको बताउनुभयो। उहाँले बिरुवा रोप्नु मात्र नभई त्यसको संरक्षण गर्नु पनि सबैको साझा दायित्व भएको उल्लेख गर्दै हरियाली प्रवर्द्धनका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो। अध्यक्ष अन्सारीले वातावरण संरक्षण गर्दै भावी पुस्ताका लागि स्वच्छ र हराभरा वातावरण निर्माण गर्ने लक्ष्यसहित गाउँपालिकाले आगामी दिनमा पनि वृक्षारोपण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेटा गाउँपालिकाले हरित गाउँ निर्माणको अभियानलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय