जीतपुरसिमरा उपमहानगरको १४औँ अधिवेशनको तेस्रो बैठक सम्पन्न, ८ वटा ऐन पारित

पछिल्लाे समाचार

असार २७ सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाको १४औँ नगर अधिवेशनको तेस्रो बैठक सम्पन्न भएको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमराको सभाहलमा सम्पन्न बैठकले विभिन्न ऐन तथा विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। बैठकमा उपप्रमुख तथा न्यायिक समिति संयोजक भोला प्रसाद अधिकारीले न्यायिक समितिको आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा ७० वटा नयाँ विवाद दर्ता भएका छन् भने गत आर्थिक वर्षबाट ९६ वटा विवाद जिम्मेवारी सरेर आएका छन्। यससँगै समितिमा कुल १ सय ६६ वटा विवाद रहेका छन्।

तीमध्ये ७२ वटा विवादको कारबाही प्रक्रिया पूरा भइसकेको छ भने बाँकी विवाद समाधान तथा कार्यान्वयनको चरणमा रहेका छन्। दर्ता भएका विवादमध्ये ६८ वटा जग्गासम्बन्धी, ३५ वटा लेनदेनसम्बन्धी, ८ वटा बाटो तथा नालासम्बन्धी, ४ वटा घरबहालसम्बन्धी र ४ वटा सिफारिससम्बन्धी रहेका छन्। यस्तै, वडा नम्बर १० का वडाध्यक्ष संजय पटेलले विभिन्न ऐन तथा संशोधन प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो। छलफलपछि खानेपानी बोर्ड ऐन–२०८३, वातावरण तथा विपद् व्यवस्थापन ऐन–२०८३, शिक्षा ऐन तथा संशोधन–२०८३, नगर प्रहरी ऐन संशोधन–२०८३ लगायत ८ वटा ऐन सर्वसम्मत रूपमा पारित भएका छन्। नगरप्रमुख राजन पौडेलले सबै ऐन सर्वसम्मत रूपमा पारित भएको घोषणा गर्नुभयो। बैठकको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा जीतपुरसिमरा उपमहानगरपालिकालाई ‘साक्षर पालिका’ घोषणा गरिएको छ। आवश्यक मापदण्ड पूरा गरेपछि उपमहानगरपालिकाले साक्षर पालिकाको मान्यता प्राप्त गरेको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय