बजेट कार्यान्वयनका समस्या समाधान गर्न मधेस प्रदेशसभामा विशेष संसदीय कार्यदल गठन

पछिल्लाे समाचार

असार २८ सिमरा : मधेस प्रदेशका सभामुख राम अशिष यादवले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा अन्य समसामयिक विषयमा देखिएका समस्याको समाधानका लागि सात सदस्यीय विशेष संसदीय कार्यदल गठन गर्नुभएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुख यादवले प्रदेशसभामा देखिएको गतिरोध तथा बजेट कार्यान्वयनका क्रममा आउन सक्ने कानुनी र व्यावहारिक जटिलता समाधान गर्ने उद्देश्यले कार्यदल गठन गरिएको जानकारी दिनुभयो।

कार्यदलमा उपेन्द्र महतो, हरिन्द्र नारायण महतो, प्रमोद कुमार यादव, सञ्जय कुमार यादव, बिमला अन्सारी खानम र सरिता कुमारी झासहित सात जना सांसद रहेका छन्। समितिले आजैदेखि आफ्नो कार्य प्रारम्भ गर्ने तथा आवश्यकता अनुसार कार्यविधि बनाई काम अघि बढाउने अधिकार पाएको जानकारी पनि सभामुख यादवले दिनुभयो। यसैबीच, समितिको कामलाई प्रभावकारी र सहज बनाउन मधेस प्रदेशसभा नियमावली–२०८२ को नियम १३५ को उपनियम २ र ३ निलम्बन गर्ने प्रस्ताव पेश गर्न सभामुख यादवले सांसद रवीन्द्र श्रेष्ठलाई अनुमति दिनुभएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय