असार २७ सिमरा : अखिल नेपाल मजदुर संघ आधिकारिक ट्रेड युनियन हुलास स्टीलको १०औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा १७ सदस्यीय नयाँ एकाइ समिति चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा प्रदीप गिरि, उपाध्यक्षमा युवराज खनाल र रामकिशोर झा, सचिवमा ओमप्रकाश प्रसाद, सहसचिवमा राजु प्रसाद अधिकारी, कोषाध्यक्षमा मिनबहादुर चौधरी तथा सह–कोषाध्यक्षमा बिमला श्रेष्ठ चयन भएका छन्।
अधिवेशनको उद्घाटन गर्दै एकाइ अध्यक्ष प्रदीप गिरिले श्रमिकको हकहित संरक्षण, संगठनको एकता र उद्योगको समृद्धिका लागि नयाँ कार्यसमितिले जिम्मेवारीका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि तथा महासंघका केन्द्रीय सचिव अर्जुन चिमोरियाले श्रमिक अधिकारको संरक्षण, सुरक्षित कार्यस्थल र श्रमिकका समस्या समाधानका लागि संगठन अझ सशक्त रूपमा अघि बढ्ने बताउनुभयो। उहाँले श्रमिकलाई संगठित र अनुशासित भएर आफ्नो अधिकार र दायित्वप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो। कार्यक्रमको सहजीकरण बिमला श्रेष्ठले गर्नुभएको थियो।

