प्रजातन्त्र दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकामा झण्डोत्तलन एवं सरसफाई

पछिल्लाे समाचार

०७ फाल्गुन,सिमरा : २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज बारामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी ७५ औँ प्रजातन्त्र दिवस २०८१ मनाइँएको छ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले झण्डोत्तलन एवं कार्यालय परिषर भित्र सरसफाई कार्यक्रमको आयोजना गरेर प्रजातन्त्र दिवस मनाएको छ। नगर प्रमुख राजन पौडेलले नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमका विच झण्डोत्तलन गर्नु भएको हो । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

झण्डोत्तलन एवं सरसफाई कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको र सोहि अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले प्रत्येक वर्ष कार्यक्रमको आयोजना गरेर प्रजातन्त्र दिवस मनाउदै आएको बताउनुभयो ।सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण नगरप्रमुख पौडेलले गराउनुभयो ।प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिने गरेको नगरप्रमुख राजन पौडेलले बताउनुभयो ।उक्त झण्डोत्तलन एवं सरसफाई कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको वडाध्यक्ष ,कार्यपालिका सदस्य एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो । नेपालमा प्रजातन्त्र दिवस विसं २००७ को क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहाँनीया राणा शासन अत्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते मनाइन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय