करैयामाई गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड सुरु, ५ विद्यालयको सहभागिता

पछिल्लाे समाचार

०९ फाल्गुन,कलैया : करैयामाई गाउँपालिकाको आयोजनामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। करैयामाई गाउँपालिका –७ उमजनस्थित जनता माविको खेलमैदानमा बिहिवारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन करैयामाई गाउँपालिकाको अध्यक्ष शम्भु प्रसाद यादवले उद्घाटन गर्नुभएको थियो। प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु यादवले विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

गाउँपालिकास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीले जिल्ला, प्रदेश हुँदै केन्द्रीयस्तरको प्रतियोगितामा सहभागिता जनाउने उहाँले बताउनुभयो ।करैयामाई गाउँपालिकाले पहिलो पटक गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गरेको र अब प्रत्येक वर्ष निरन्तरता दिने समेत उहाँले बताउनुभयो ।करैयामाई गाउँपालिका वडा न ७ का वडाध्यक्षब्रिज चौधरीको सभाध्यक्षतामा उद्घाटन समारोह आयोजना भएको थियो ।२ दिनसम्म हुने प्रतियोगितामा गाउँपालिका भित्र रहेका माध्यमिक तहका र आधारभूत तहका गरेर ५ वटा विद्यालयको छात्रछात्राबीच ११ वटा इभेन्टमा प्रतिस्पर्धा हुने करैयामाई गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिद्यानन्द यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा पालिका उपाध्यक्षसुनैना चौधरीले विद्यालयबाटै खेलकुलको विकास गर्न सके राष्ट्रिय खेलाडी तयार हुन सहज हुने बताउनुभयो ।शिक्षाको संगसंगै खुलकुद तथा खेलाडीको विकासका लागि गाउँपालिकाले आउने दिनमा विभिन्न कार्यक्रमहरु सन्चालन गर्ने कुरा निमित्त प्रमुख प्रशासकीय अधिकृत महतोले बताउनुभयो । उद्घाटन कार्यक्रममा वडा न १ का वडाध्यक्ष सोनालाल साह ,निमित प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतो शिक्षक र विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय