०९ फाल्गुन,कलैया : हेल्पिङ हैन्ड यूथ सोसाइटी कलैया बाराले पचरौता नगरपालीकामा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिधालय बेलडारीमा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुलाइ प्रशिक्षण गराएको छ।
मोटिभेशनल स्पीकर प्रदीप कुमार साहले व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, र एसईई परीक्षाका लागि आवश्यक रणनीतिहरूमा सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिएको संस्थाका अध्यक्ष राजु कुमार गुप्ताले बताउनुभयो। विद्यार्थीहरूलाई एसईई परीक्षा पूर्व कसरी तयारी गर्ने भन्ने विषयमा समेत प्रशिक्षण दिएको संस्थाले जनाएको छ । समय व्यवस्थापन, अध्ययन सामग्रीको प्राथमिकता निर्धारण, विगतका प्रश्नपत्रहरूको अभ्यास, र आत्मविश्वास अभिवृद्धिका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण गराईएको थियो।

विद्यार्थीहरूलाई अध्ययनलाई नियमित र योजनाबद्ध बनाउँदै, परीक्षा नजिकिँदै जाँदा मानसिक तनावलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरामा पनि विद्यार्थीहरुलाई सुझाव दिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।यस प्रशिक्षणले विद्यार्थीहरूलाई परीक्षाका लागि सकारात्मक दृष्टिकोण र योजनाबद्ध तयारीमा सहयोग पुर्याएको सहभागीहरूको भनाइ रहेको थियो।कार्यक्रममा प्रदीप कुमार साहले विद्यार्थीहरूलाई व्यक्तित्व विकासका विविध पक्षबारे प्रशिक्षण प्रदान गर्नुभयो। उहाँले व्यक्तित्व विकासका लागि आत्मविश्वास, सकारात्मक सोच, प्रभावकारी संवादकला, र समय व्यवस्थापनको महत्त्वबारे विस्तृत रूपमा चर्चा गर्नुभएको थियो।कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएको हेल्पिङ्ग हैन्द यूथ सोसाईटीले जनाएको छ । नगरपालिकाका विभिन्न विद्यालयका छात्र-छात्राहरूलाई समेटिएको यस सेमिनारले उनीहरूलाई आगामी परीक्षा र भविष्यप्रति सकारात्मक दृष्टिकोण विकसित गर्न सहयोग पुऱ्याएको सहभागीहरूले बताउनुभयो ।