२५ फाल्गुन।सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा रहेको शिव मन्दिर भट्काएको बिषयमा आफू माथी गलत आरोप लगाईएको पशुराम गिरिले बताउनुभयो ।शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर उहाँले आफू माथी लगाईएको आरोपको खण्डन गर्नुभएको छ ।गत मंगलबार जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडाध्यक्ष सुनिल कुमार गुप्ताको नेतृत्वमा गएको टोलिले शिव मन्दिर माथी डोजर चलाएर मन्दिरको संरक्षणा भट्काएको थियो ।मन्दिरको संरक्षणा भट्काउने क्रममा वडाध्यक्ष सुनिल कुमार गुप्ताले पशुराम गिरिले शिव मन्दिरलाई निजीकरण गरेको आरोप लगाउनु भएको थियो ।
पशुराम गिरिले धर्मशाला र मन्दिर परिषर बाहिर शटर भडामा लगाएर ७० हजार सम्म भडा उठाउने गरेको र सबै पैसा आफ्नो गोजिमा हाल्ने गरेको वडाध्यक्षले आरोप लगाएको थियो ।शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर वडाध्यक्ष गुप्ताले लगाएको आरोप निरधार रहेको बताउनुभयो ।वडाध्यक्ष सुनिल गुप्ताले गिरि परिवार माथी बारम्बार विभिन्न किसिमको आरोप लगाउदै आईरहेको पशुराम गिरिले पत्रकार सम्मेलनमा बताउनुभयो ।
शिव मन्दिर ब्यवस्थापन समितिका पूर्वध्यक्ष मनोहर सोनिले मन्दिर परिषर बाहिर रहेको सटर बाट मासिक रुपमा २० हजार रुपैयाँ मात्र भडा आउने गरेको र भडा बापत आएको रकम बाट पुजारीलाई तलब देखि लिएर मन्दिर निर्माणको समयमा लिएको ऋण तिर्ने गरिएको बताउनुभयो ।सुनिल गुप्ताले पशुराम गिरि र मन्दिर ब्यवस्थापन समिती माथी लगाएको आरोप सबै गलत रहेको बताउनुभयो ।वडाध्यक्ष गुप्ताले गुन्डागर्दी शैलिमा मन्दिर माथी डोजर चलाएको पशुराम गिरिले आरोप लगाउनुभयो ।
आफुले आफ्नो निजि लगानिमा मन्दिर र धर्मशाला निर्माण सजावतमा लाखौं रुपैयाँ खर्छ गर्ने गरेको तर आफुले मन्दिर बाट एक रुपैया समेत नलिने गरेको बताउनुभयो ।आफ्नो छबिलाई समाजमा नकारात्मक रुपमा देखाउनको लागि वडाध्यक्ष गुप्ताले आफू माथी झुठो आरोप लगाएको समेत उहाँले बताउनुभयो ।मन्दिर डोजर लगाएर भटकाएको कारण आफुहरु उच्च अदालतको अस्थायी ईजलास बिरगंजमा मुद्दा दर्ता गराएको र मुद्दाको पेशी २६ गते रहेको समेत उहाँले जानकारी दिनुभयो ।