बाराको सिमरामा ओम शान्ति दाँत तथा आँखा अस्पतालको उद्घाटन

पछिल्लाे समाचार

अखिलेश यादव ।२५ फाल्गुन ।सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २ सिमरामा ओम शान्ति दाँत तथा आँखा अस्पतालको उद्घाटन गरिएको छ। शुक्रबार बारा क्षेत्र न ४ को प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री किसान कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गर्ने लक्ष्यका साथ स्थापना गरिएको यो अस्पतालले स्थानीयवासीलाई गुणस्तरीय दाँत तथा नेत्र उपचार सेवा प्रदान गर्नेछ।

oplus_2

उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका पूर्वमन्त्री किसान कुमार श्रेष्ठले स्थानीय तहमा यस्ता स्वास्थ्य संस्थाको आवश्यकता रहेको बताउँदै सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले भने, “गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउन यस्ता अस्पतालहरूले महत्त्वपूर्ण भूमिका खेल्नेछन्।” यसैगरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले स्थानीय तहको सहकार्य र समुदायको सक्रियताले मात्र यस्ता परियोजनाहरू सफल हुनसक्ने बताए। उनले भने, “नगरपालिकाले यस्ता संस्थाहरूलाई आवश्यक सहयोग गर्न सधैं तत्पर छ।

oplus_2

उद्घाटन कार्यक्रममा बोल्दै अस्पतालका संचालक ध्रुब सहनीले गुणस्तरीय उपचार सेवामार्फत समुदायलाई सहयोग पुर्याउन इच्छुक रहेको बताए। उनले भने, “यो अस्पतालले अनुभवी चिकित्सक र आधुनिक उपकरणमार्फत सस्तो र सुलभ सेवा दिनेछ। हामी दन्त र आँखा सम्बन्धी जटिल शल्यक्रियासमेत यहीँ सम्पन्न गर्ने योजना बनाइरहेका छौं।”यसैगरी, अस्पतालमा डिजिटल उपकरणहरू, स्तरीय ल्याब सेवा, र आकस्मिक उपचार कक्षको व्यवस्था गरिएको छ। स्थानीयहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क शिविर र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको सञ्चालक सहनीले जानकारी दिए।

स्थानीय बासिन्दाहरूले यस्तो अस्पतालले उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्ने भन्दै खुसी व्यक्त गरेका छन्।
अस्पतालले आधुनिक उपकरणसहित दन्त र आँखा सम्बन्धी विभिन्न सेवा प्रदान गर्नेछ भने सेवामूलक कार्यक्रमहरूमार्फत आर्थिक रूपमा कमजोर नागरिकहरूलाई पनि सहुलियत दिने योजना रहेको छ।उक्त अस्पताल उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका २ का वडाध्यक्ष धन बहादुर श्रेष्ठ ,कृष्ण व्रत सिंह ,समाजसेवी राजुराज गिरि लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय