आगलागी नियन्त्रण तालिम तथा एलपी ग्यास सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

अखिलेश यादव ।०८ चैत्र।सिमरा ।आगलागीका घटनालाई रोकथाम गर्न र एलपी ग्यासको सुरक्षित प्रयोगसम्बन्धी चेतना फैलाउन बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६, पिलुवामा रहेको ग्यास वान नेपाल प्रालिको प्राङ्गणमा एकदिने विशेष तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

स्टार सेफ्टी सर्भिसेस प्रालि, काठमाडौंका अनुभवी प्रशिक्षकहरूको टोलीले उक्त तालिम प्रदान गरेको थियो। तालिममा स्थानीयबासी, व्यवसायी, सुरक्षाकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

ग्यास वान नेपाल प्रालिले आयोजना गरेको आगलागी नियन्त्रण तथा एलपी ग्यास सुरक्षा सम्बन्धि जनचेतनामूलक कार्यक्रममा बोल्दै  वडाध्यक्ष हरिदेव खरेलले पछिल्लो समय एलपी ग्यासका कारण हुने आगलागीका घटनामा वृद्धि भएको बताउँदै यस्तो तालिमको आवश्यकता रहेको बताए। उनले स्थानीयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्न वडाले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले ग्यास वन नेपालले उपभोक्तालाई सुरक्षीत बनाउनेमा कुनै पनि कसर बाकी नरहने गरि काम गरिरहेको बताए ।

कार्यक्रममा ग्यास वान नेपालका व्यवस्थापक सरोज राज ढकालले उद्योग, घरायसी प्रयोजन तथा व्यवसायिक क्षेत्रमा एलपी ग्यासको प्रयोग अत्यधिक रहेकोले यसका सुरक्षाका उपायबारे सबै सचेत हुनुपर्ने बताए। उनले भने, “सुरक्षाको जानकारी नहुँदा सानो त्रुटिले ठूला दुर्घटनाहरू निम्तिन सक्छन्। त्यसैले यस्ता तालिमले जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।”

स्टार सेफ्टी सर्भिसेस प्रालिका प्रशिक्षकहरूले आगलागी नियन्त्रणका उपाय, एलपी ग्यासको सुरक्षित प्रयोग, ग्यास चुहावट परीक्षण गर्ने तरिका, आगलागी हुँदा अपनाउनु पर्ने प्राथमिक उपायहरू लगायतका विषयमा विस्तृत जानकारी गराए। प्रशिक्षकहरूले आगलागी नियन्त्रणका लागि प्रयोग गरिने उपकरणहरूको प्रयोगबारे पनि अभ्यासात्मक प्रशिक्षण दिएका थिए।प्रशिक्षकहरुले स्थानियहरुलाई ग्यास सिलिन्डर जहिल्यै सिधा राख्ने ,आगलागी भएमा हडबड नगरी उचित सुरक्षाका उपाय अपनाउने।ग्यास सिलिन्डर राख्ने ठाउँ हावा आउ-जाउ हुने खुला स्थानमा राख्ने, खाना पकाउने बेलामा ग्यास बर्नर नजिकै दहनशील वस्तु नराख्ने जस्ता बिषयमा अभ्यास सहितको प्रशिक्षण प्रदान गरेको थियो।

कार्यक्रममा सहभागी स्थानीयबासीहरूले तालिम निकै उपयोगी रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले आगलागी नियन्त्रण तथा एलपी ग्यास सुरक्षाबारे विस्तृत जानकारी पाएको र सिकाइ प्रयोगात्मक भएकाले दैनिक जीवनमा सजिलै लागू गर्न सकिने बताए।कार्यक्रमको समापनमा प्रशिक्षकहरूले आगलागी नियन्त्रण तथा ग्यास सुरक्षासम्बन्धी थप सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए। आयोजक तथा सहभागीहरूले स्थानीय तहसँग सहकार्य गरी आगामी दिनहरूमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यसतै ग्याव वान नेपालले ५ जनालाई नि:शुल्क रुपमा गोला प्रथा बाट ग्यास सिलिन्डर वितरण गरेको ग्यास वन नेपालका व्यवस्थापक सरोज राज ढकालले जानकारी दिए ।ग्यास वान नेपालको प्रबन्धक निर्देशक हिडेकी फुकुवईले ग्यास वान नेपालले आयोजना गरेको तालिममा उल्लेख्य रुपमा स्थानियहरुको सहभागीताले आफू खुशी भएको उनले बताए ।उनले ग्यास वान नेपाललाई धेरै मात्रमा उपभोक्ताहरुले मन पराईदिएकोमा धन्यवाद ज्ञापन गरे।

oplus_0

a

spot_imgspot_img
spot_img

लोकप्रिय