अखिलेश यादव । १३ चैत्र ,कलैया : बाराको कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नाथु साहले चार कोठे विद्यालय भवनको शिलान्याश गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत साहले कलैया उपमहानगरपालिकाको वडा न २७ बिजुलपुर रामपुर स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको चार कोठे भवनको शिलान्याश गर्नुभएको छ ।

शिलान्याश कार्यक्रममा बोल्दै कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत साहले विद्यालयमा नयाँ भवन बनेपछि विद्यार्थीहरूलाई पठनपाठन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रमा पूर्वाधार विकासका लागि कलैया उपमहानगरपालिका प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५९ लाख रुपैयाँ लागतमा टेन्डर प्रक्रियाबाट भवन निर्माण हुन लागेको वडाध्यक्ष अशोक कुमार तिवारीले जानकारी दिनुभयो। विद्यालयमा कक्षा कोठाको अभाव भएका कारण उक्त भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो।विद्यालयका प्रधानाध्यापकले विद्यालय भवनको अभावका कारण विद्यार्थीहरूलाई सिकाइमा समस्या भएको बताउँदै नयाँ भवन निर्माणले शिक्षाको गुणस्तर सुधारमा सहयोग पुग्ने धारणा राख्नुभयो।

नयाँ भवन निर्माण भएपछि विद्यार्थीहरूले सहज वातावरणमा अध्ययन गर्न पाउने हुँदा शिक्षाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ। विद्यालय प्रशासन, स्थानीय सरकार, शिक्षक तथा अभिभावकहरू सबैले यस कार्यलाई सकारात्मक रूपमा लिएका छन्।अहिले नेपाल राष्ट्रिय आधारभूत विद्यालय बिजुलपुर रामपुरमा २७५ जना बिद्यार्थी अध्यनरत रहेको विद्यालयका प्रधानाध्यापक सुकदेव यादवले बताउनुभयो ।उक्त विद्यालय भवन शिलान्याश कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश बैठा,कलैया उपमहानगपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत द्वय राजिभ यादव विजय अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।