कृषिमा विद्युतिकरण: जीतपुरसिमरा उपमहानगरको नयाँ पहलले किसानलाई राहत

पछिल्लाे समाचार

१४ चैत्र, बारा। जीतपुरसिमरा उपमहानगरपालिकाले कृषिमा विद्युतिकरणलाई प्रोत्साहन गर्दै किसानलाई सिँचाइमा सहुलियत दिन महत्त्वपूर्ण निर्णय गरेको छ। नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले वडा नं. १७, १८, १९, २० र २४ मा कृषियोग्य जमिनमा विद्युत् मिटर जडान गर्ने र सो मिटरको शुल्क समेत नगरपालिकाले व्यहोर्ने निर्णय गरेको हो। नेपाल विद्युत् प्राधिकरण सिमरा र कलैया वितरण केन्द्रसँगको सहकार्यमा किसानका खेतहरूमा कृषि विद्युत् लाइनको प्रसारण कार्य सम्पन्न भएको छ। नगरपालिकाका अनुसार नयाँ योजनाले किसानहरूलाई नियमित र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गरी सिँचाइमा सहजता ल्याउने छ। यसले आधुनिक कृषि प्रविधि अपनाउन टेवा पुग्ने विश्वास गरिएको छ।

नगर प्रमुख राजन पौडेलले भने, “हामी किसानहरूको कृषि उत्पादनमा वृद्धि गर्न चाहन्छौं। उनीहरूलाई भरपर्दो सिँचाइ सेवा उपलब्ध गराउन विद्युतिकरणलाई प्राथमिकता दिएका छौँ। यस निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।”नगरपालिकाको निर्णयपछि किसानहरू खुशी देखिएका छन्। तर, यसअघि पनि कृषि मिटरको महसुल नगरपालिकाले तिर्ने भनेर सूचना जारी गरिए पनि कार्यान्वयन नहुँदा किसान निराश बनेका थिए। कृषिमा विद्युतिकरणको योजना किसानहरूको लागि गेमचेन्जर साबित हुन सक्छ, यदि नगरपालिकाले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेमा। अब सबैको ध्यान नगरपालिकाले निर्णयलाई वास्तविकतामा परिणत गर्न सक्नेछ वा अघिल्ला घोषणाहरूझैं अधुरो रहनेछ भन्नेमा केन्द्रित रहेको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय