७ दिन भित्र कलैयाको अधुरो बाटो बनाउने काम सुरु नभए आमरण अनशनमा बस्ने नगरप्रमुख साहको उद्घोष

पछिल्लाे समाचार

अखिलेश यादव ।२१ चैत्र,कलैया ः मानमत कलैया मटिअर्वा सडक खण्ड अन्तर्गत अधुरो रहेको सडक तत्काल निर्माण गर्न माग गरिएको छ । मानवत–मटिअर्वा सडकखण्ड अन्तर्गत निर्माण हुन बाकी रहेको संस्कार एफएमदेखि शितलपुरसम्मको सडकको निर्माण प्रकृया तत्काल अगाडि बढाउन कलैया उपमहानगरपालिकाका प्रमुख बिनोदप्रसाद साहले माग गर्नुभयो ।कलैयाको अधुरो बाटो बनाउन सरकारले आनाकानी गरे आमरण अनशन बस्ने कलैया उपमहानगरपालिकाको नगरप्रमुख बिनोद साहले उदघोष गर्नुभएको छ ।बिहिवार नगरप्रमुख साहले आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर मानवत मटिअर्वा अधुरो सडक ७ दिन भित्र बनाउने काम सुरु नभए पछि आफु आमरण अनशनमा बस्ने बताउनुभयो । ठेकेदार कम्पनीको चरम लापरवाहीको कारण पटक पटक मानवत मटिअर्वा सडक खण्डको काम रोकिदै आएको छ ।

मानमत कलैया मिटअर्वा सडक खण्ड अन्तर्गत बाँकी रहेको ३ किलोमीटर सडक निर्माण हुन नसक्दा नगरवासीहरुले दुःख पाउने गरेका र आफुलाई पटक पटक नगरबासीहरुले सडक बनाउनको लागि पहलकदमी गर्दिन आग्रह गर्दै आईरहेको नगरप्रमुख साहले पत्रकार सम्मेलनमा बताउनुभयो ।सडक निर्माण हुन नसक्दा सवारी साधनको चापले सडकबाट उडेको धुलोले सडक वरिपरि बस्नेहरुलाई झनै समस्या थपिएको उहाँले बताउनु भयो ।मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया बजार क्षेत्रको तीन किलोमिटर लामो सडकमा कालोपत्रे गर्नमा ढिलाई गरिए पछि धुलोले हिडडुल गर्न नसकिने अवस्थामा पुगेको नगरप्रमुख साहले बताए ।

अधुरो रहन गएको हुलाकी सडक खण्डमा घाम लाग्दा धुलो र पानी पर्दा हिल्लो हुने समस्याले कलैयावासी आजित बनेका छन्।पटक पटक यो सडक खण्ड निर्माण नहुदा स्थानीयहरू आन्दोलन गर्दै आईरहेको छ ।स्थानियहरुले सडक समयमै नबने पछि पटक पटक सडक नै अवरुद्ध गरेर धर्नामा समेत बस्ने गरेको छ ।ठेकेदार कम्पनिले काम गरेको तर बक्यौता रकम नपाए पाछी काम अलपत्र परेको बताएको छ ।३ किलोमिटर लामो अधुरो सडकको कारण कलैया नगरवासी वर्षौंदेखि धुलो र हिलोको मारमा परेका छन्। सवारी साधनको चापका कारण बाटोबाट उड्ने धुलोले स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको छ।

गर्मीमा धुलो र वर्षामा हिलोले समस्या झन् भयावह हुने गरेको छ।गरप्रमुख साहका अनुसार पटक–पटक अनुरोध गर्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको र ठेकेदार कम्पनीले बक्यौता रकम नपाएको बहानामा काम रोकिरहेको छ। यसअघि पनि स्थानीयले आन्दोलन, प्रदर्शन र सडक अवरुद्ध गरेर ध्यानाकर्षण गराउँदै आएका थिए।नगरप्रमुख साहले ठेकेदार कम्पनी,संघीय सरकार र समबन्धित निकायलाई तुरुन्तै सडक निर्माण कार्य अगाडी बढाउन आग्रह गर्नुभयो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय