जीतपुरसिमरा १६ मा अव्यवस्थित वसोबासीको जग्गा चेकजाँच तथा नापजाँच औपचारिक रुपमा सुरु

पछिल्लाे समाचार

०७ बैशाख ,सिमरा : भूमि सम्बन्धी समस्या समाधान आयोग बारा र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त पहलमा अव्यवस्थित वसोबासीको जग्गा चेकजाँच तथा नापजाँच प्रक्रिया आइतवारदेखि वडा नं. १६ मा औपचारिक रूपमा सुरु भएको छ। उपमहानगरपालिकाको वडा नं. १६ मा रहेका करिब ८०० बिगाहा अव्यवस्थित जमिनको चेकजाँच तथा नापजाँच गर्न प्राविधिक टोलीले आजबाट काम थालेको हो। प्राविधिकहरूका अनुसार उक्त प्रक्रिया सम्पन्न हुन डेढदेखि दुई महिना लाग्न सक्नेछ।

कार्यक्रममा भूमि समस्या समाधान आयोग बारा अध्यक्ष भरत बहादुर घलेले “भएर आउने समस्या समाधान गर्न सबै एकजुट हुनुपर्ने”मा जोड दिँदै भने, “सबै पक्षलाई समेटेर विवादरहित ढंगले काम अगाडि बढाउने हाम्रो मुख्य लक्ष्य हो।” उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री तथा संघीय सांसद ज्वालाकुमारी साह, विशिष्ट अतिथि माओवादी केन्द्रका नेता अनिल श्रेष्ठ, नगरप्रमुख राजन पौडेल, कांग्रेस नगर सभापति छवि शर्मा, एमाले नगर अध्यक्ष त्रिलोक ठुकुरी, लोसपा प्रतिनिधि, पूर्व विज्ञ सदस्य केदार गौतम, वडा नं. १६ का वर्तमान तथा पूर्व अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि तथा प्राविधिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सांसद ज्वालाकुमारी साहले भनिन्, “वर्षौंदेखि प्रतीक्षामा रहेका नागरिकका समस्यालाई समाधान गर्ने यो प्रक्रिया ऐतिहासिक हो। सबै मिलेर यसलाई सफल बनाऔं।” नगरप्रमुख राजन पौडेलले उपमहानगरपालिकाबाट थप प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै भने, “छिटोछरितो कामका लागि ३/४ वटा टोली बनाई टोलटोलमा पठाइनेछ। सबैले सबैलाई परिपूरक मान्दै साथ दिन अनुरोध गर्दछु।” यस अभियानले अव्यवस्थित वसोबासीलाई वैधानिक जग्गा स्वामित्व दिलाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास लिइएको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय