जीतपुरमा व्यापार तथा सांस्कृतिक महोत्सव सुरु, सांसद किसान श्रेष्ठद्वारा उद्घाटन

पछिल्लाे समाचार

०१ जेष्ठ ।सिमरा :  बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित शान्तिटोल खेल मैदानमा जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ बिहीवारदेखि सुरु भएको छ। द लिड इन्टरटेनमेन्ट एण्ड एडभरटाइजिङको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन बारा क्षेत्र नं. ४ का सांसद एवं पूर्वमन्त्री किसान श्रेष्ठले गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै सांसद श्रेष्ठले विगत अढाई वर्षदेखि वडाध्यक्षसँग विकासको साझेदारी नहुँदा केही सीमितताहरू देखिएको उल्लेख गर्दै अबको दिनमा भने यस्तो महोत्सवमार्फत विकासमा साझेदारी गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले जीतपुरको अस्तव्यस्त बजार व्यवस्थापन तथा समुन्नत बनाउने अभियानमा महोत्सवले टेवा पुर्याउने धारणा राख्नुभयो। साथै, महोत्सव कम्तीमा ११ दिनसम्म सञ्चालन हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्नुभयो।

सो अवसरमा वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्ताले इतिहास बोकेको जीतपुरलाई आर्थिक तथा सामाजिक दृष्टिले सशक्त बनाउन महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो।त्यस्तै, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले महोत्सवले समाजमा सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिनुभयो। उहाँले महोत्सवको अवधि एक साताभित्र सीमित गर्न र कुनै पनि उच्छृङ्खल गतिविधि नगर्न आयोजकलाई आग्रह गर्नुभयो।

कार्यक्रममा नेकपा माओवादी केन्द्र जीतपुरसिमरा नगर समिति अध्यक्ष प्रेम बराल, ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरकी सञ्चालिका रेणु दिदी लगायत स्थानीय जनप्रतिनिधिहरू वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. ३ की कार्यवाहक वडाध्यक्ष माया बिक, वडा नं. ४ का वडाध्यक्ष भोजबहादुर खत्री, वडा नं. ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी र वडा सदस्य नवीन मैनालीको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय