ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी जोशी द्वारा पत्रकारहरु संग परिचयात्मक कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

२७ जेठ ।सिमरा । ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी प्रमुखको रुपमा आउनु भएको प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीले शान्ती सुरक्षा र अमन चयनका लागी सबैसरोकारवाला संग समन्वय गरेर अघिबढ्ने बताउनु भएको छ । समाजमा अहीले पनी विभीन्न किसीमका अपराधजन्य घट्नाहरु भईरहेको बताउदै उहाले यस्ता घट्नाहरु न्युनिकरण गर्न समाजका हरेक नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।शनिवार मात्र ईलाका प्रहरी कार्यालय सिमरा पुग्नु भएका प्रहरी नायब उपरिक्षक जोशीले सोमबार आयोजना गरेको पत्रकार संगको परिचयात्मक कार्यक्रममा बोल्दै जोशीले जीतपुरसिमरा उपमहानगर भित्र अवैध घरेलु मदिरा नियन्त्रण तथा ब्यवस्थापन तयार रहेकाले स्थानीय सरकारलेपनी प्रहरी संग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।

पत्रकारहरुले कार्यक्रममा बोल्दै घरेलु मदिराको अवैध उत्पादन तथा ओसारपसार नियन्त्रण गर्न प्रहरी प्रशासनलाई सुझाव दिए। उनीहरुले प्रहरीकै आँखा अगाडि लागुऔषधको कारोबार हुने गरे पनि कार्वाहीमा कमजोरी देखिएको भन्दै अब त्यस्तो प्रवृत्तिलाई अन्त्य गर्न जोड दिए। साथै, सिमरा क्षेत्रमै चोरीका घटना बढ्दै गएका तर प्रहरी कारबाहीमा सुस्तता देखिएको विषयमा समेत चासो व्यक्त गर्दै निगरानी कडा पार्न आग्रह गरे।नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीले पत्रकारिता समाजमा भइरहेको घटनाको उजागर गर्ने माध्यम भएको र प्रहरी प्रशासनले तिनलाई कानुनसम्मत ढंगले कार्वाहीमा लैजानु पर्ने बताए।

उनले सबै पत्रकारहरुलाई निर्धक ढंगले स्वतन्त्र रुपमा समाचार लेख्न अनुरोध गरे । कार्यक्रममा सहभागी जिल्लाका विभीन्न संञ्चार माध्याममा कार्यरत पत्रकारहरुले ईलाका प्रहरी कार्यालय सिमरा क्षेत्र भित्रका बस्तु स्थितीका बारेमा जानकारी गराउदै प्रहरी र पत्रकार बिचको सम्बन्ध प्रगाढ बनाउनु पर्ने र सही समयमा सुचना उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा जिल्लास्थित क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय