साईट इन्जिनियर साहकै आँखा अगाडि ढलानमा धाँधली,आर्थिक लोभका कारण गुणस्तर माथि प्रश्न उठ्दै

पछिल्लाे समाचार

असार ०१, बारा । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ मा निर्माण भईरहेको गंगानगर-बमनहरदेखि नयकाटोला जाने नहर ढलान कार्यमा चरम लापरवाही भएको छ । कागजमा उपभोक्ता समिति बनाएर काम गराईरहेका स्थानीय राजकिशोर कुशवाहा र पूर्वाधार विकास कार्यालय बाराका इन्जिनियर राजेश साहको आर्थिक साँठगाँठमा निर्माण कार्य लागत ईष्टिमेट भन्दा बाहिर भइरहेको छ । साईट इन्जिनियरको रुपमा खटेका इन्जिनियर साहले राजकिशोर कुशवाहा संग मिलोमत्तो गरी ग्रेभलको मात्रा घटाएर ढलान गराइरहेको पाईएको छ ।

स्थानीय महराज यादवका अनुसार राजकिशोर कुशवाहाले गुणस्तरहिन काम गर्दा पनि साईट इन्जिनियर रोक्न नजानुले पनि आर्थिक साँठगाँठ भएको प्रष्ट भएको बताएका छन् ।
यस विषयमा स्थानीयको भनाई अनुसार इन्जिनियर साहले पनि आफ्नो गल्ती स्विकार गरेका छन् । आइतबार पूर्वाधार कार्यालय, बाराको आफ्नै कार्यकक्षमा बोल्दै इन्जिनियर साहले योजना सुरु भएकै दिन ढलान प्रक्रिया नियमन बिना गरिएको र ग्राभेल सार्नुपर्ने स्थानमा पनि चित्तबुझ्दो काम नभएको बताएका छन् । उनले भने “ढलान सुरु भएकोदिन मलाई थाहा भयो २ फिट सडक बायाँबाट दायाँ सार्नुपर्ने, तर ग्राभेल सारिएको थिएन पटक पटक भन्दापनि कान नसुनेझै ठेकेदारले काम गराईरहेको उनले बताए ।


पूूर्व मुख्यमन्त्री सरोज कुमार यादवको पीए रहेको भन्दै राजकिशोर कुशवाहा कार्यालयमा धाक देखाउने गरेका छन् । पूर्वमुख्यमन्त्री यादवकै सिफारिसमा सञ्चालनमा आएको उक्त योजना ४५ लाखको लागतमा कागजी उपभोक्ता समिति बनाएर ठेकेदार राजकिशोर कुशवाहाले ढलान गराइरहेका छन् ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय

a

a

a